टी–२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल निशुल्क लाइभ हेर्न मिल्ने

Image

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँको सानो गौचरण र चाबहिलको गणेशस्थान फुटबल मैदानमा विश्वकप क्रिकेट निशुल्क लाइभ हेर्न मिल्ने बताएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार बिहान नेपाल र श्रीलंकाबीचको खेल हुँदै छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।

खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ। अहिले मैदानमा सिमसिम पानी परेको छ। आइसिसीका अनुसार अहिलेसम्म मैदानको निरिक्षण भइरहेको छ।

सबै खेलप्रेमी दर्शकलाई एउटै ठाउँमा ल्याएर उत्साहजनक वातावरणमा खेल हेर्न ठूला एलईडी स्क्रिनमा खेलको लाइभ गर्न लागिएको महानगरले जनाएको छ । यसअघि भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेल टुँडिखेल, हाँडीगाउँ डबली र तीनकुनेमा लाइभ गरिएको थियो ।