आइसिसी टी–२० विश्वकप खेलेर स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

Image

काठमाडौँ । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । नेपाली टिम दुई विमानमा नेपाल फर्किएको हो, जसमध्ये पहिलो समूह आज बिहान १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अर्को समूह आज बिहान १० बजे अवतरण हुने तालिका छ ।

जारी विश्वकपमा नेपालले समूह चरणमा चारमध्ये तीनमा पराजय र एक खेलमा वर्षाका कारण अंक बाँड्यो । नेपालले जित हात पार्न नसके पनि टेस्ट टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धात्मक खेल खेल्यो ।

नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंककाविरुद्धको दोस्रो खेलमा वर्षाका बन्दा अंक बाँडेको नेपालले दक्षिण अफ्रिकासँग एक रन तथा बंगलादेशसँग २१ रनको हार बेहोर्‍यो ।

नेपाल पछिल्लो दुई खेलमा ब्याटिङतर्फ कमजोर फिनिसिङका कारण पराजित भयो । नेपाली टोली अब आइसिसी विश्वकप लिग–२ सिरिजमा केन्द्रित हुनेछ । नेपालले खेल्ने लिग–२ को आगामी सिरिज सेप्टेम्बर हुने तालिका छ ।