हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभामा संबोधन गरे लगत्तै राजिनामा दिने तयारी गरेका छन् । आज दिउसो १ बजे बस्ने प्रदेशसभाको बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले त्यही राजिनामा दिएको घोषणा गर्ने तयारी गरेको बताएका छन्।
सभामुखले बैठक बोलाए पनि मुख्यमन्त्रीले बहुमत आफ्नो पक्षमा नआउने देखिएपछि अन्तिम समयमा मुख्यमन्त्रीले राजिनामा दिने तयारी गरेकाे प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लंशालले जानकारी दिएका छन्।
अहिले प्रदेशसभामा माओबादी केन्द्रका संसदीय दलको बैठक भइरहेको छ । बैठकपछी अन्तिम निर्णय गर्दै संसदलाई संबोधन गरेर राजिनामा दिने तयारी गरेको मुख्यमन्त्री जम्मकट्टेलले बताएका छन्। राजिनामा दिएको घोषणा गरे लगतै प्रदेश प्रमुख यादबचन्द्र शर्मा समक्ष राजिनामा पत्र बुझाउने तयारी रहेको मन्त्रीहरुले बताएका छन् ।

















