हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा लगायत ९ जना मन्त्रीहरुले सपथग्रण लिएका छन् । हेटौंडा–१० मा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेकपा एमालेका ६ जना र नेपाली कांग्रेसका ३ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ अनुसार साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका हुन।
एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।
त्यस्तै काँग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मधु कुमार श्रेष्ठले शपथ ग्रहण गरेका छन भने उनीहरूको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

















