भलिबल सङ्घले काभा नेसन्स लिगको उपविजेता टोलीलाई पुरस्कार दिने

Image

काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोलीले जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो । काभा नेसन्स लिगको आयोजक समेत रहेको भलिबल सङ्घले शनिवार समीक्षा बैठक गर्दै टोली १४ खेलाडी, मुख्य प्रशिक्षक, प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

काभा नेसन्स लिगकै टिकट विक्रीबाट सङ्कलन भएको रकमबाट पुरस्कृत गर्ने सङ्घले निर्णय गरेको छ । काठमाडौँ महानगरपालिकाले बिहीबार टोलीका खेलाडीलाई जनही १ लाख रुपैयाँसहित पुरस्कृत गरेको थियो ।