हेटौंडा। उपमहानगर पालिका ११ नम्बर वडाको थानाभर्याङ्गमा डेङ्गुबारे जनचेतना मुलक कार्यक्रम गरिएको छ । टोल्बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा डेङ्गु महामारी फैलिएको भन्दै सचेतना तथा सरसफाइ कार्यक्रम गरिएको वडासमन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य ले बताए ।
थानाभर्याङ्गमा सचेतना कार्यक्रम गर्नेक्रममा ग्यारेज , टायर दोकान , टायर रिसोलिङ गर्ने ठाउहरु हिलो जताततै फोहोर पाइनुका साथै ढलहरु फोहरले गर्दा जाम भएको पाइएको थियोे । ब्यवसायीहरु पैसा मात्र कमाउने तर वरपर सरसफाइ नगर्ने हुनाले फोहोर बढेको स्थानीयहरुको गुनासो छ।

फोहोर गर्ने ब्यवसायीहरुलाइ सरसफाइ गर्न सुझाव दिएको र नमानेमा जरिवाना समेत गर्ने चेतावनी दिएको समितिले जनाएको छ । यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडा सदस्य सन्जय बिडारीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा वडासदस्य बिकास नेपाल , गीता सुनार , नगरसमन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लागायत टोलबिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।















