हेटौंडा। मकवानपुरमा एक युवकले सोमबार बेलुका श्रीमतीको हत्या गरेका छन । कैलाश गाउँपालिका—५ काफलडाँडाका २८ वर्षीय मंगलबहादुर पाख्रिनले १८ वर्षीया लक्ष्मी पाख्रिनको बन्चरो प्रहार गरेर हत्या गरेका छन् ।
मानसिक रोगको औषधि सेवन गरिरहेका पाख्रिनले श्रीमती लक्ष्मीको टाउको र गर्दनमा बन्चरो प्रहार गरेको वडा अध्यक्ष छेकु लामाले बताएका छन्।
घटनाबारे थाहा पाएलगत्तै मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । प्रहरीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरेर पालुङस्थित प्रहरी हिरासतमा राखिएको छ भने १३ महिनाकी छोरी रहेको अध्यक्ष छेकुले बताएका छन्।















