हेटौंडा। बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।
आजकै मन्त्री परिषदको बैठकले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी प्रदान गरेका छन् । बैठकले मन्त्रालयहरुमा रहेको अस्थायी दरबन्दीलाई स्वीकृति प्रदान गरेको मन्त्री लामिछाने जानकारी दिएका छन्।















