हेटौंडा । हेटौंडा उपमहानगर पालिका नेपाल क्म्युनिष्ट एकीकृत समाजवादी ( एस) पार्टी को दोस्रो नगर कमिटी बैठक सम्पन्न भएको छ ।
हेटौंडा ४ स्थित नेकपा एसको जिल्ला पार्टी कार्यालय को भवनमा बसेको बैठक ले १९ सै वडा का एक – एक जना प्रतिनिधि समेटी १९ सदस्यीय नगर सचिवालय कमिटी निर्माण गरेको छ । नगर अध्यक्ष बिष्णु माया लामाको सभाध्य्क्षतामा बसेको बैठक ले १९ वटै वडामा कमिटी गठन , पुनर्गठन लगायत पार्टी लाई मज्बुत बनाउने गतिविधिहरु गर्ने निर्णय गरेको छ ।
पार्टीकि केन्द्रिय सदस्य तथा नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको बैठक मा राष्ट्रिय परिषद सदस्य यादव गजुरेल , पार्टी का जिल्ला अध्यक्ष बिष्णु दाहाल , जिल्ला कमिटी सचीव तथा नगर कमिटी इन्चार्ज धुर्ब भुजेल , सह – इन्चार्ज राजु अधिकारी , शुक्र देवि बल , जिल्ला कार्यालय सचीव तिलक कुमार अधिकारी , नगर उपाध्यक्ष तारा ढुङ्गाना लामा , सचीव सफल अधिकारी लगायतकाको उपस्थिति रहेको थियोे ।

















