भैसीको आक्रमणले बाघको मृत्यु

Image

हेटौंडा। मकवानपुरको मनहरीमा भैँसीलाई आक्रमण गर्न जादा भैसीले हानेर बाघको ज्यान गुमाएको छ । बुधबार राती मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा बाधेको भैंसीलाई आक्रमण गर्न पुगेको बाघलाई भैसीले आक्रमण गर्दा ज्यान गएको मकवानपुर प्रहरीले बताएका छन् ।

राईको गोठमा भैँसी घाइते फेला परेको छ भने बाघ त्यहि गोठमा मृत अवस्थामा भेटिएको जनाइएको छ। उक्त बाघ चितवन निकुञ्जबाट आएको अनुमान गरिएको छ भने सो बाघ शारीरिक रुपमा कमजोर र बुडो भएको कारणले भैंसीको आक्रमणमा परि मृत्यु भएको प्रहरीको जनाएको छ। मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको प्राविधिक टोलिले लगेको बताइएको छ ।