मनहरीको सिमपानीमा जंगली हात्तिले एक घरमा क्षति

Image

हेटौंडा। मकवानपुरमा जङगलि हात्तिले गएराती एक घरमा क्षति पुर्याएको छ । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीमा जंगली हात्ति आइ घरमा क्षति पुर्याएको हो ।

स्थानीय माइला चेपाङको जस्ताले छाएको काठको एक तले घरमा आंशिक रुपमा क्षति पुर्याएको छ भने हात्तीले घरमा क्षति पुर्याए पनि मानविय र चौपायको कुनैपनि क्षती नभएको र हात्तिलाई जंगल तर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

हात्ति लखेट्नका लागि स्थानिय साथै मध्यव्रति क्षेत्र पर्सा पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोलि गएर लखेटेको भन्डारीले बताएका छन्।