हेटौंडा। हेटौंडा उपमहानगर पालिका बसामाडी जेसीज ले सप्ताहब्यापी कार्यक्रमको पुरस्कार तथा समापन कार्यक्रम हेटौंडामा गरेको छ ।
जेसीजले खाधान्न बितरण , बृक्षारोपण , साइबर सेक्युरिटी तालिम , जेसी बिध्यार्थी फुटसल , यौन तथा प्रजनन स्वास्थ र लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम हेटौंडाको विभिन्न ठाउँमा गरेको थियोे । बसामाडी जेसीज का २०२४ का अध्यक्ष उध्दव राज कठायतको सभाध्यक्षतामा भएको कार्यक्रममा जेसी अशोक शाक्यको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा जेसी अनिल अग्रवाल , कार्यक्रम संयोजक रामकृष्ण शिवाकोटी , बसामाडी जेसीजका २०२४ का उपाध्यक्ष अबुदय खनाल , प्रमोद उप्रेती , कार्यक्रम संयोजक तथा २०२४ कार्यकारी उपाध्यक्ष दिपेन्द्र यादव , जेसी गणेश दर्पण अधिकारी लगायतकाको आतिथ्यता रहेको थियोे । कार्यक्रम हेटौंडा ५ चिसापानीमा रहेको पुजा ब्याङ्क्वेट को सभाहलमा भएको हो ।















