बकैया गाउँपालिका–६ की ३६ बर्षीया नानुमाया तितुङलाई बकैया खोलाले बगाउँदा बेपत्ता

Image

हेटौंडा। मकवानपुरमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। बकैया गाउँपालिका–६ की ३६ बर्षीया नानुमाया तितुङलाई आज बकैया खोलाले बगाएको हो। निजगढबाट बकैया आफ्नो घर फर्कदै खोला तर्ने क्रममा बगाएर नानुमाया बेपत्ता भएको बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिएका छन्।

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि बिदेश जान लागेका थिए। शनिबार (हिजो) श्रीमान् र छोराको साथमा निजगढ गएकी थिइन् । श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तको घरमा बास बसेका उनीहरुले आइतबार आज बिहानै नानुमायाले छोरालाई बिदाई गरि घर फर्किदै थिईन। उनका श्रीमान राजकुमार भने छोरालाई प्लेन चढाउनका लागि काठमाडौँ जाने बिचार गरेर हिडेका थिए।

बिहानैदेखि परेको अविरल बर्षाका कारण बकैया खोलाको बेग निकै ठुलो थियो वडाध्यक्ष भोम्जनले भने खोला तर्ने क्रममा बगाएछ। उनलाई बगाएको फास्ट ट्रयाकमा काम गर्ने मानिसहरुले देखेका रहेछन्। बचाउन खोज्दा पनि नसकेको बताएका छन्।

उता उनका श्रीमान राजकुमार छोरो लिएर काठमाडौँ जान नपाउदै कुकुरको टोकाईबाट घाइते भएकको बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मल्एिका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर पाउदा सारै बिचल्ली भएका छन। छोरो भोलिको फ्लाइटमा साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्कदैँ गरेको वडाध्यक्ष भोम्जनले जानकारी दिएका छन्।