हेटौंडा ११ थानाभर्याङका श्रीराम परियारको म्याजिको ठक्कर बाट मृत्यु

Image

हेटौंडा। हेटौंडा- ११ थानाभर्याङ राप्तिपुलमा म्याजिकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज शुक्रबार बेलुकी ०५:१० बजेको समयमा नवलपुरबाट हेटौडा बजारतर्फ आउँदै गरेको ना.१५ प ४१५७ नं.को मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको बा.प्र.०३-००१ज ०२५७ नं.को म्याजिकले ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा ११ थानाभर्याङका २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो ।

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोटरसाइकल चालक लाई उपचारको लागी हेटौडा अस्पताल पठाइएको र डाक्टरले उपचारको क्रममा बेलुकी ०५:५० बजे मृत्यु घोषणा गरेको हो भने मृतकको लास हेटौंडा अस्पतालमा राखिएको प्रहरि नयाव उपरीक्षक लक्ष्मी भन्डारीले जानकारी दिएको छ।

दुबै म्याजिक र दुबै म्याजिक चालक लाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ भने घटनाको आवस्यक थप अनुसन्धान भइरहेको बताइएको छ।