बागमती प्रदेशमा डेंगी बिरामी दिनानुदिन बढदै

Image

हेटौंडा । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बागमती प्रदेशमा निन्तर बढ्दो क्रममा रहेको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को साउन १ गतेदेखि हालसम्मको अवधिमा झण्डै २ हजार मानिसमा डेंगी भईसकेको छ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जानकारी दिए अनुसार यस प्रदेशमा दैनिक ९० देखि १ सय भन्दा बढीको संख्यामा डेंगी संक्रमित भैरहेका छन्। चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २६ गते अर्थात् बुधावारसम्मको अवधिमा २ हजार ४७७ जनामा डेंगी पुष्टि भएको छ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुषाललका अनुसार बुधवार (हिजो) ९४ जना डेंगीका नयाँ बिरामी थपिएका छन् भने मंगलबार १ सय ११ जना नयाँ बिरामी थपिएका थिए यस्तै सोमबार ९८ जना डेंगीका नयाँ बिरामी फेला परेको बताइएको छ। बागमती प्रदेशमा प्रत्येक दिन १ सय को हाराहारीमा डेंगीका नयाँ बिरामी बढिरहेको अधिकारी डा. भुषालले बताए छन्।

प्रदेशका १३ जिल्लामध्ये १२ जिल्लामा डेंगीको प्रकोप फैलिरहेको मन्त्रालयले जनाएको छ भने रसुवा बाहेक सबै जिल्लामा डेंगी संक्रमित भएको प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलालले जानकारी दिए साथै सबैभन्दा धेरै बिरामी १ हजार १० जना भेटिएको मन्त्रालयको तथ्यांक रहेको छ।

चितवनपछि काठमाडौंमा काठमाडौंमा ७१६ जनामा डेंगी संक्रमण भएको मन्त्रालयको तथ्यांक रहेको छ। जसमा गत साउन महिनामा १५७ जना डेंगी संक्रमित भएका थिए भने भदौ महिनाको हालसम्मको अवधिमा ५५९ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ।

काठमाडौ पछि मकवानपुरमा ३२५ जनामा डेंगी संक्रमण भएको छ भने धादिङमा ६८, ललितपुरमा १७९, भक्तपुरमा ३४, काभ्रेमा ७०, नुवाकोटमा १९, दोलखामा १३, रामेछापमा ११, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १३ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ।