मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो पारिश्रमिक सेवा सुविधा बाट एकल महिलालाई घर उपहार

Image

हेटौंडा। मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई घर बनाइदिएका छन् । मनहरी – ५ बसन्तपुरमा लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राइलाई घर बनाएर मंगलबार हस्तान्तरण गरिएको हो ।

अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन् । सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको बताउनुभयो । सोनीको परिवारमा उनीबाहेक कोही छैनन् उनका श्रीमान नरबहादुरको ८ वर्ष अगाडि काठ काट्न जाँदा लडेर मृत्यु भएको थियो भने त्यसपछि उनी लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन् र ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । पानी परेको समयमा बाहिर जस्तै भित्र पनि पानि चुहिन्नथ्यो। हावाहुरीले गर्दा रात र दिन घर उडाएर लान्छ कि भन्ने चिन्ताले निन्द्रा नलागि कति रात दिन यहि समस्या झेल्दै बिताईरहेकी थिईन भने केहि समयदेखि आफन्तहरू संग गाउँघरमा बास बस्दै काम गर्दै आएकी थिएँ र तपाईँहरु सबैको सहयोगले घर बन्यो भन्दै खुसीका आँसु झार्दै धेरै धेरै धन्यवाद सोनीले दिनु भयो।

पढलेख गर्न पनि जान्नुहुन्न । ज्यालादारीबाट खानाको व्यवस्था गरिरहनुभएको छ अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुएको स्थानीय शान्ता अधिकारीले बताउनु भयो। आफुले निर्वाचनका बेला जनताको बीचमा गरेको प्रतिवद्धता अनुसार आफुले पाउने सेवा सुविधा वापत्को खर्च जनताको सेवा समर्पित गर्दै आएको अध्यक्ष कालाखेतिले बताउदै आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।