कैलाश गाउँपालिका-५ कालीखोला लक्ष्मी पाख्रिनको हत्यारा मंगलबहादुर पाख्रिन कारागार चलान

Image

हेटौंडा। मकवानपुरमा बन्चरो प्रहार गरेर आफ्नै पत्नीको हत्या गरेका मंगलबहादुरलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका-५ कालीखोला काफलडाडाँकी २२ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा उनकै पति २६ वर्षीय मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंगलबहादुरले गत साउन ३० गते घरभित्रै पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरि कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए । प्रहरीका अनुसार उनले आफू अपराधबाट बच्नका लागि पत्नीको शवलाई टुक्रा पारेर २ वटा बोरामा प्याक गरि घर नजिकैको जंगलमा खाल्टो खनेर गाडेको अबस्थामा पाइएको थियो ।