११ नम्बर वडा अध्यक्ष्य आठौं भलिबल कप रनिङ्गसिल्ड प्रतियोगिता सम्पन्न

Image

हेटौंडा। हेटौंडा उपमहानगर पालिका ११ नम्बरवडामा भैरहेको ११ नम्बर वडाअध्यक्ष्य टोल विकास संस्था स्तरीय रनिङ्गसिल्ड पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । वडाकप रनिङ्गसिल्ड पुरुष भलिबल प्रतियोगितामा दुम्सिडाडा टोलविकास संस्था ( सी ) बिजय भएको छ । दुम्सि डाडा टोलविकास संस्था ( सी ) ले फाइनल खेलमा गणेशस्थान टोल विकास संस्थालाई सोझो सेटमा २५/१३ , २५/१० , २५/१२ अन्तरले हराएको थियोे ।

बिजय टिम खेल आयोजक संस्था दुम्सी डाडाले लगालग दुइचोटी रनिङ्गसिल्ड जितीसकेका छन् , रेफ्री अमृत मिश्रले जानकारी दिए । प्रतियोगितामा गणेशस्थान टोलविकास संस्थाले दोस्रो , दुम्सी डाडा टोल विकास संस्था ( बी ) ले तेस्रो स्थान हात पारेका छन् । यहि कार्तिक १२ गतेदेखि १४ गतेसम्म भएको भलिबल प्रतियोगितामा २०८१ को उत्कृष्ट खेलाडीको उपाधी दुम्सी डाडा ( सी ) का निश्चल राना मगरले जितेका छन् । यस्तै उत्कृष्ट डिफेन्सको उपाधी बिजयी टोल बिकास संस्थाकै संगीत परियार ले जिते भने सोही संस्थाकै उज्ज्वल राना मगर ले उत्कृष्ट ब्लगर , सुसान्त आले मगरले उत्कृष्ट सेटर को उपाधी जिते ।

यसैगरी उत्कृष्ट स्पाइकर को उपाधी गणेशस्थान टोल विकास संस्थाका नवीन थापा मगरले जिते भने उत्कृष्ट उदयमान खेलाडी दुम्सी डाडा ( ए ) का दिनेश अगस्ती घोषित भए । प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय हुने टोल विकास संस्था हरुलाइ प्रमुख अतिथी वडाअध्यक्ष जुना दाहाल , विशिष्ट अतिथी नेकपा एमालेका वरिष्ठ नेता रामेश्वर राना , अतिथी वडा सदस्य संजय बिडारी लगायतले रनिङ्गसिल्ड , ट्रफी , मेडल , प्रमाणपत्र र नगद प्रदान गरेका थिए । प्रतियोगितामा ८ वटा टोल विकास संस्थाले भाग लिएका थिए ।