हेटौंडामा घुम्ती शौचालय संचालन

Image

हेटौंडा उपमहानगर पालिकाले चाढ्पर्वको बेलामा मानिसको भिडभाड तथा आपतकालीन अवस्थालाई लक्षितगरी घुम्ती शौचालय संचालनमा ल्याएको छ । पानी त्याङ्की तथा हात धुने बेशन सहितको महिला , पुरुष दुवैलाई छुट्टाछुट्टै शौच गर्न ठाउँ बनाइएको शौचालयले १ किलोमीटर वरपर सार्वजनिक शौचालय नभएको ठाउँको लागि अत्यन्त उपयोगी हुने मानिसहरु बताउँछन ।

फरेष्टी क्याम्पस र पुर्व रानी दरबार आगाडी खाली ठाउँमा राखिएको शौचालय यस्तै अरु ठाउँमा पनि भैदिए सबैलाई सुबिधा मिल्ने थियोे सेवाग्राही हरु बताउँछन । उपमहानगर पालिकाले हेर्दा सामान्य तर उदाहरणिय काम गरेकोमा सेवाग्राही हरुले खुशी व्यक्त गरेका छन् ।