हेटौंडा। बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेश हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेका १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको छ ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन लाई स्वीकृत गरि प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।
उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने मुख्यमन्त्री बहादुर सिंह लामाले बताए ।

















