हेटौंडा । कार्तिक २१ गते देखी कार्तिक २९ गते सम्म हेटौंडा एडभेन्चर क्लबको आयोजनामा आन्तरिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । नेपालकै प्रमुख पर्यटकिय स्थल शेफोक्सुण्डो ताल शोफोक्सुण्डो राष्ट्रिय निकुञ्ज ,कमल दह ,पोखरा ,बन्दिपुर लगायत को पर्यटकिय स्थलहरुको प्रचार प्रसार र प्रबर्द्धन को लागि गरिएको यो यात्रामा ११ वटा मोटरसाइकल मा २१ जना सहभागी भएका थिए ।
नेपालका बिभिन्न स्थानहरुमा गएर हेटौंडा एडभेन्चर क्लबले पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गर्दै आईरहेको कल्बका अधक्ष्य सुशिल सुवेदीले बताउनुभयो।
भ्रमण मा सहभागी सम्पुर्ण ब्यक्तित्वहरु तथा भ्रमण सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण प्रति क्लबका अधक्ष्य सुशिल सुवेदीले हार्दिक कृतज्ञता साथै धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यसरिनै नेपाल लाई देश तथा विदेशमा चिनाउन अगाडि बढने अगाडि बढने बताउनुभयो।















