हेटौंडा। आज दिनभर हेटौंडा–१,९ र ११ नम्बर क्षेत्रमा १२ घण्टा बत्ती नहुने भएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज शनिबार एचआइडी, युनिलि़भर, भूटनदेवी, एनसेल फिडर अन्तर्गत विद्युत वितरण गरिएको सबै स्थानमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १२ घण्टा विद्युत कटौती गर्ने जनाएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार हेटौंडा सव स्टेशनका ११ के.भि.फीडरहरुको पुरानो भि सि बि प्यानल बदली गर्नुपर्ने भएकोले यस सव स्टेशनबाट वितरण ११ के.भि का सम्पूर्ण फीडरहरु बन्द रहने जनाइएको छ ।















