हेटौंडा १२ मा रविन प्रधान लाई समर्थन गर्दै २५ जना युवाले गरे पार्टी प्रवेश

Image

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तीगौंडामा २५ जना युवाले नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका छन्। हेटौंडा १२ नम्वर वडाको स्थानीय तह उपनिर्वाचन घरदैलो कार्यक्रमकाे अवसरमा युवाहरुले मओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रम नेकपा माओबादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रममा प्रमिला पुलामी, प्रल्हाद लामिछाने, प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान ‘ज्वाला’, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, जिल्ला सदस्य महेशकुमार सिग्देल, हेटौंडा ११ का सह इन्चार्ज तथा नगर सदस्य मधु कुमार थापा मगर लगायत उम्मेदवार रबिकुमार प्रधान (रविन)ले अबिर र खादा लगाई २५ जना युवाहरु लाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रबेश गरेका युवाहरु नेकपा एमाले, नेपाली कांग्रेस समर्थक र स्वतन्त्र रहेका मनोज मोक्तान, सरोज कार्की, प्रेम लामा, उदय श्रेष्ठ, सनिश तितुङ, छिरिङ लामा लगायत युवाहरूले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रबेश गर्नुको कारण भ्रष्टाचार विरुद्धको अभियानमा माओवादी केन्द्र दृढ भएकोले आफुहरु माओवादीमा प्रवेश गरेको युवाहरुले बताए ।

पार्टी प्रबेश गरेका युवाहरुले समाजको विकासमा सक्रिय रहँदै आएका स्वच छवि भएका युवा ब्याक्तित्व रविन योग्य उम्मेद्वार भएकोले आफुहरुले रविनलाई जिताउन प्रतिबद्ध रहेको बताए । हेटौंडा–१२ को वडाध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान (रविन) ले समाज विकास र परिवर्तनको लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने बताउदै युवा उमेदवार प्रधान ले माओवादी केन्द्र प्रतिको बिश्वासलाई कायम राख्दै वडा बासीको हितमा लगायत शिक्षा , स्वास्थ्य, साथै बिकाशमा सधैं लागिरहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।