हेटौंडा। स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा वडा अध्यक्ष पदका लागि मतदान हेटौंडा १२ भोर्ले वाष्णुज्योति आधारभुत र सिग्रेनि प्रतिभा आधारभुत बिधालय गरि २ मतदान स्थलमा बिहान ७ :१० बजेबाट मतदान सुरु भएको हो सिग्रेनि मतदान स्थल बाट पहिलो मतदान जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान ले गर्नु भयो।
मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७ बजेबाट मतदान भइरहेको छ । भोर्ले स्थित विष्णु आधारभूत विद्यालय मतदान केन्द्र र सिग्रेनी स्थित प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्र रहेका छन् । भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान कार्य ५ बजेसम्मलाई तोकिएको छ भने मत गणना हेटौंडा २ मा रहेको सिदार्थ माबि मा हुने निर्वाचित आयो कार्यालयले बताएको छ। बिहान ९ बजे सम्ममा ५४० मत खसिसकेको जानाईएको छ।

















