हेटौंडा। स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ मा वडा अध्यक्ष पदका लागि मतदान हेटौंडा १२ भोर्ले विष्णुज्योति आधारभुत बिधालय मा बिहान ७ : १५ बजेबाट मतदान सुरु भएको हो भोर्ले मतदान स्थल बाट पहिलो मतदान नेकपा एमाले प्रतिनिधि आरति ढुङ्गाना ले गर्नु भयो।
मतदान स्थल वरपर नेपाली सेनाको गस्ती, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सुरक्षाका बिचमा बिहान ७:१५ बजेबाट मतदान भइरहेको छ । भोर्लेमा ३६२५ र सिग्रेनीमा ४४२८ मतदाता रहेको र दुवै मतदान केन्द्रमा क्रमशः ४ र ५ गरी जम्मा ९ केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान कार्य ५ बजेसम्मलाई तोकिएको छ भने मत गणना हेटौंडा २ मा रहेको सिदार्थ माबि मा हुने निर्वाचित आयो कार्यालयले बताएको छ। बिहान ८ बजे १६८,९बजे ३८२,१० बजे सम्ममा जम्मा ६९८ मत खसिसकेको जनाईएको छ।

















