हेटौंडा । नेपाल पत्रकार महासघको सदस्यता वितरणमा महासंघले पक्षपात गरेको भन्दै आज नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महाँसंघ मकवानपुर साखा कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी मकवानपुर साखाको प्रेसचौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालावन्दी गरिएको हो 
पक्षपाती ढंगले क्रियासिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर साखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले पनि वेवास्ता गर्दै पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता बितरण गरेको भन्दै अनिस्चित कालिन तालावन्दी गर्दै
महासंघको ध्यानाकर्षण गराइएको प्रेस चौतारीले जनाएको छ । तालावन्दी कार्यक्रममा क्रियासिल पत्रकार हरुको उपस्थित रहेको थियो।















