हेटौडा । सिस्नेरी पहिरोमा परी आफु सँगैरहेका साथीहरु गुमाएर शोक र मर्माहत बनेका एन्फा एकेडेमी, सिस्नेरी, मकवानपुरका युवा खेलाडीहरु लाई हेटौंडामा सारिएको छ ।
दुःख घटाना पछि सिस्नेरीबाट बाल खेलाडीहरू लाई हेटौडा सारिए संगै एकेडेमीसँगको सहकार्यमा हेटौडा–११ मा रहेको सिमलटार खेल मैदानमा नियमितरुपमा प्रशिक्षण शुरु गरिएको छ।
सिस्नेरी पहिरोमा परि एकेडेमीमा प्रशिक्षण लिईरहेका ६ बाल खेलाडीहरुको दुःखद निधन भएको थियो । यसै घटनालाई लिएर हाल पनि एन्फा र व्यवस्थापन पक्षको चर्को आलोचना भईरहेको छ भने घट्नाबारे निष्पक्ष छानबिन गर्नुपर्ने पिडित पक्षले संसदीय छानबिन समिति गठन गर्न पर्ने भन्दै हस्ताक्षर अभियान चलाइएको छ ।















