मंसिर २७ देखि ३० मंसिरसम्म हेटौंडा पिप्ले रंगशालामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

Image

हेटौंडा। हेटौंडामा यू–१५ ‘८ ‘ए’ साइड फुटबल च्याम्पियनसिप–२०८१’ वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ नाराका साथ पिप्ले यूवा क्लवको आयोजनामा फुटबल प्रतियोगिता हुन लागिएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

मंसिर २७ देखि ३० सम्म हुने प्रतियोगितामा ४ जिल्लाबाट मकवानपुर, बारा, पर्सा र चितवन गरि जम्मा २० टिम सहभागी रहने क्लवका अध्यक्ष सुबिन घिमिरेले जानकारी दिदै स्थानीय खेलाडी प्रबर्द्धन तथा उत्पादनको उद्देश्यले खेलको आयोजना गरिएको बताए।

खेल हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडामा रहेको पिप्ले क्याम्पा रंगशालामा हुने छ भने उक्त प्रतियोगितामा विधागत पुरस्कार समेत दिइने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताका उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोल्डकिपर र उत्कृष्ट प्रशिक्षकलाई ३ हजार ५ सय रुपैयाँ विधागत पुरस्कार दिइनेछ। सोही विधागत पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई भने ५ हजार ५ रुपैयाँ दिइने बताइएको छ।

हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितालाई आवस्यक परेको खण्डमा हरेक किसिमको समन्वय गर्न हेटौंडा ५ नम्बर वडा कार्यालय तयार रहेको वडा अध्यक्ष सुशील घिमिरेले बताएका छन्।