भारतसँगको तेस्रो खेलका लागि टोलीको घोषणा

Image

काठमाडौं। अस्ट्रेलियाले भारतसँगको पाँच टेस्टको सिरिजको तेस्रो खेलका लागि टोलीको घोषणा गरेको छ । तेस्रो टेस्टका लागि टोलीमा एक परिवर्तन गरिएको छ । अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले तीव्र गतिका बलर जोस हेजलउड चोटपछि फर्किएको पुष्टि गरेका छन् । उनलाई स्कट बोल्याण्डको स्थानमा टोलीमा समावेश गरिएको छ ।

ब्रिसबेनको गाबामा हुने यो खेल निकै महत्त्वपूर्ण हुनेछ । अहिलेसम्म खेलेका दुई खेलमा दुवै टोली बराबरीमा छन् । पर्थमा भएको शृङ्खलाको पहिलो टेस्ट खेल भारतले जितेको थियो भने एडिलेडमा भएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो । दोस्रो टेस्ट खेल फ्लडलाइट मुनि गुलाबी बलले खेलिएको थियो । उक्त खेलमा भारतीय टोली १० विकेटले पराजित भएको थियो।