काठमाडौं । नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
माल्दिभ्सको क्लब एचडिसीलाई शुक्रवार ३-० को सोझो सेटले पराजित गर्दै हेल्प नेपालले भारतको क्यालिकट हिरोजसँगको फाइनल भेट पक्का गरेको हो । लिग चरणमा दोस्रो भएको हेल्प नेपालले चौथो स्थानको एचडिसीलाई २५-१६,२५-१८,२५-२१ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो । एचडिसीले कुनै पनि समय हेल्प नेपाललाई चुनौती दिन सकेन ।
त्यसअघि इरानको यु १८ टोलीलाई ३-१ ले हराउँदै क्यालिकट च्याम्पियनसिपको फाइनलमा पुगेको थियो।प्रवेश गरेको छ। लिग चरणको खेलमा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको इरानको युवा टोलीले सुरूवात राम्रो गर्यो।
पहिलो सेट २५-२१ ले जित्यो। खेलमा १-० को अग्रता बनायो। एक सेट गुमाएको क्यालिकटले सानदार कमब्याक गर्यो। २२-२५ को स्कोरमा इरानले दोस्रो सेट गुमायो।
क्यालिकटले खेललाई १-१ को बराबरीमा पुर्यायो। तेस्रो सेटमा पनि इरानलाई दबाबमा दिंदै २५-२० ले तेस्रो सेट जित्दा २-१ को अग्रता बनाउन सफल भयो। खेलमा फर्कने कोशिशमा रहेको इरानको टिमले चौथो सेटमा क्यालिकटलाई चुनौती दिएपनि २६-२४ ले चौथो सेट जित्दै फाइनलमा स्थान बनायो। लिग चरणमा शीर्षस्थानमा रहेको इरानले पहिलो हार बेहोर्दा सेमिफाइनलमाबाट बाहिरियो। तेस्रो हुँदै सेमिफाइनलमा पुगेको क्यालिकट भने फाइनलमा प्रवेश गर्न सफल रहयो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिवार तेस्रो स्थान र फाइनल हुनेछ। तेस्रो स्थानको खेल दिउँसो १:३० बजे र फाइनल दिउँसो ४:३० बजे सुरु हुनेछ।















