कुशल मल्लले अर्धशतक बनाए

Image

काठमाडौं । काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितनव राइनोजका कप्तान कुशल मल्लले अर्धशतक बनाएका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको चितवनबाट कप्तान मल्लले २८ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले दुई चौका र पाँच छक्का प्रहार गरे । एनपीएलमा कुशलको यो पहिलो अर्धशतक हो । योसँगै कुशल प्रतियोगिताम अर्धशतक बनाउने १९औँ ब्याटर बने । जारी खेलको १५.२ ओभर समाप्त हुँदा चितवनले तीन विकेट गुमाएर १२७ रन बनाएको छ । हाल क्रिजमा कप्तान मल्लसँगै रहेका रवि बोपाराले २२ रन बनाएका छन् ।

आजको खेलमा चितवन जितको दबाबमा छ । ६ खेलबाट ६ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चितवनलाई आजको खेलमा जितले मात्र प्लेअफ समीकरणमा कायम राख्नेछ ।