हेटौंडा। हेटौंडाबाट काठमाडौं जोड्ने सिस्नेरी दक्षिणकाली सडक आजदेखि पुस ११ गतेसम्मका लागि बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएअनुसार दक्षिणकालि–छैमलेमा कालोपत्रे गर्न लागिएकोले गाडी सञ्चालनमा रोक लगाइएको बताए । साथै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सडक बन्द भएपछि वैकल्पिक मार्ग हेटौँडाबाट काठमाण्डौ जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक प्रयोग गर्न अनुरोध गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















