मेयर लामा बाट सडक अपग्रेडिङ्गको शिलान्यास

Image

हेटौंडा। हेटाैंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपाेखरी मेनराेड सडक अपग्रेडिङ्ग कार्यकाे शिलान्यास गरिएको छ। अपग्रेडिङ्ग स्तरोन्नत शिलान्यास कार्यक्रम नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको थियो।

हेटौंडा उपमहानगरपालिकाको रु २ करोड ४९ लाख ५३ हजार लागतमा आयोजना स्वीकृति गरिएको वडा अध्यक्ष पेम्बा लामाले बताउनु भयो । ठेक्का प्रक्रृया मार्फत निर्माण कार्य थालिएकाे हाे ।

श्री सुवास/ नभिल/ हिलटप जे/ भी काठमाडौं निर्माण कम्पनीले सो कामको जिम्मा लिएको छ। २०८१/५/३० गते सुरुभएको आयोजना २०८२/१/३० गते सम्पन्न हुनुपर्ने उपमहानगरपालिकाले जनाएको छ।