जुईना ज्योती चर्चले ख्रीष्टमसको पुर्वसन्ध्यामा क्यारोल

Image

ख्रीष्ट्मसको पुर्वसन्ध्यामा मकवानपुरको बकैया ६ नम्बर वडा स्थित जुनेली वस्तीमा क्यारोल कार्यक्रम गरिएको छ । जुइना ज्योति चर्चको आयोजनामा कार्यक्रम गरिएको हो ।

पास्टर जितबहादुर माझीको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया वडा नम्बर ६ का वडाध्यक्ष फुलबहादुर भोम्जन को प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै वडाध्यक्ष भोम्जनले समाजको बिकृती , बिसङ्गती हटाउन इसाईहारुको योगदान रहेको भन्दै प्रसम्सा गरे ।

उनले कार्यक्रममा आफुलाइ बोलाएको मा खुशी व्यक्त गर्दै इसाईहरुलाइ आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा क्वाइनोनिया भिर्कोट चर्चका पास्टर राजेन्द्र घिमिरे , जुइना ज्योति चर्चका एल्डर बिक्रम तामाङ लगायतकाको उपस्थिति रहेको थियो ।