Khabar Board
Flash logo up side
Nirbachan aayog

शिक्षक र विद्यालय कर्मचारीका मागबारे यस्तो छ शिक्षा मन्त्रालयको पछिल्लो धारणा

Nirbachan m

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीलाई दुईवटा निकायबाट तलब निकासा हुने भनिएकाले केही स्थानीय तहले तलब उपलब्ध गराउन नसक्दा समस्या देखिएको जनाएको छ । दुईवटा निकाय भनेको संघीय सरकार र स्थानीय सरकार हो ।

शिक्षक मन्त्रालय स्रोतले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई एकद्वार प्रणालीबाटै तलब उपलब्ध गराइने जनाएको छ । ‘इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई समस्या भएकै हो । स्थानीय तहले स्रोत जुटाएरै भए पनि तलब उपलब्ध गराउनुपर्छ,’ शिक्षक मन्त्रालय स्रोतले भन्याे, ‘अपुग भएमा केन्द्रसँग माग्नुपर्छ । मन्त्रालयमा तलब नपाएको गुनासो आउने गरेको छ । यस विषयमा शिक्षा मन्त्री देवेन्द्र पौडेलले पनि चासो दिनुभएको छ । समस्या समाधान गर्ने प्रयत्न भइरहेको छ ।’

संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई ८ हजार रूपैयाँ संघीय सरकार र ७ हजार रूपैयाँ स्थानीय सरकारले उपलब्ध गराइ न्यूनतम १५ हजार रूपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।

संघीय सरकारले तलब उपलब्ध गराए पनि अधिकांश स्थानीय सरकारले उपलब्ध गराएका छैनन् । शिक्षक र कर्मचारी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत संघीय सरकारले नै न्यूनतम तलब १५ हजार रूपैयाँ दिनुपर्ने माग गरेका थिए । तर बजेटमा उनीहरूका कुनै पनि माग समावेश भएनन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.