बैतडीको पाटनमा कक्षा ८ को ग्रेडवृद्धि परीक्षामा २ सय ९८ परीक्षार्थीमध्ये २ सय ४७ उत्तीर्ण

Image

बैतडी । बैतडीको पाटन नगरपालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षामा सहभागि भएका २९८ परीक्षर्थीमध्ये २४७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

बढीमा २ विषय लागेका विद्यार्थीले ग्रेडवृद्धिको परीक्षामा सहभागिता जनाएका थिए । सम्बन्धित विद्यालयमै लिइएको ग्रेडवृद्धिको परीक्षामा सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

गत शैक्षिक सत्रदेखि पाटन नगरपालिकाले कक्षा ८ को परीक्षामा कडाई गरेको छ । गत चैत्रमा लिइएको कक्षा ८ को परीक्षामा सहभागि ६५२ विद्यार्थीमध्ये १३७ जनामात्रै उत्तीर्ण भएका थिए । उक्त परीक्षाबाट ७ विद्यालयको नतिजा शून्य आएको थियो । २९८ जना परीक्षार्थीले ग्रेडवृद्धिको परीक्षामा सहभागि हुने मौका पाएका थिए ।

May be an image of ticket stub and text

May be an image of ticket stub and textMay be an image of ticket stub and textMay be an image of textMay be a doodle of ticket stub, blueprint and text