भुटनदेवी मा.वि. र आधुनिक राष्ट्रिय मा.वि. एउटै हुने

Image

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको श्री भुटनदेवी मा.वि र आधुनिक राष्ट्रिय मा.वि. बिधालय लाई एकीकरण गरी मेगा विद्यालय बनाउन दुबै विद्यालयका व्यवस्थापन समितिको निर्णय  अनुसार वडा कार्यालयको सिफारिससहित वडा अध्यक्ष नवीन सिग्देल लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले नगर प्रमुख मिनाकुमारी लामा समक्ष आवश्यक कागजात  पेश गरेका छन् ।

शिक्षा मन्त्रालयले  ल्याएको ‘बिग स्कुल’को अवधारणामा  हेटौंडाका यी दुई ठुला विद्यालयलाई एकीकृत गर्ने विषयमा छलफल भएसँगै आधुनिक राष्ट्रिय मा.वि र भुटनदेवी मा.वि एकीकृत हुने भएकाहुन। भने यि दुबै विद्यालय एकीकृत भएपछि अब जम्म ५ हजार विद्यार्थी हुने भएका छन।

यी दुई ठुला विद्यालय एकीकृत गरी मेघा विद्यालय सञ्चालन गर्दा गुणस्तरीय शिक्षा दिन सकिने र  प्रशासनिक खर्च कम हुने, सामुदायिक विद्यालयप्रतिको विश्वसनीयता बढ्ने, हेटौंडालाई शैक्षिक हबको रुपमा विकास गर्न सकिने हेटौंडा ४ नम्बर वडाका वडा अध्यक्ष एवम् भुटनदेवी मा.विका  व्यवस्थापन समिति अध्यक्ष   नवीन सिग्देल बताएका छन्।