माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित, निवर्तमान स्थायी कमिटीको बैठक बोलाइयो

Image

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । शनिबारका लागि तय भएको बैठक कोरोना महामारीको बढ्दो संक्रमण, सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै बैठक स्थगित गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको कार्यालयले जनाएको छ ।

गत पुस २५ गतेका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण शनिबारका लागि बोलाइएको थियो । बैठक स्थगित भएसँगै माओवादीको पदाधिकारी चयन पनि अनिश्चित बनेको छ ।

त्यस्तै माओवादीले निवर्तमान स्थायी समिति र आयोगका अध्यक्षहरुको बैठक भने बिहान ८ः३० का लागि बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।