जाल्पा लघुवित्तकाे आईपीओ बाँडफाँड सम्पन्न, सबैभन्दा छिटाे नतिजा कहाँबाट हेर्ने त ?

Image

काठमाण्डाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १ गते, आइतबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

आईपिओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र भेरिफाइड भएको छ ।

भेरिफाइड आवेदन मध्ये २५ लाख ८७ हजार ४ सय १२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ । २५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ ।

जस मध्ये ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २६ लाख ६१ हजार ६५ जना आवेदक हात खाली भएका छन् ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । कुनै पनि कम्पनीको आईपिओमा २७ लाख भन्दा बढी आवेदकले आवेदन दिएको यो नै पहिलो पटक हो ।

कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको थियो भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

सबैभन्दा छिटाे नतिजा कहाँबाट हेर्ने त ?

आईपीओकाे बाँडफाँड भईसकेकाले केही समयपछि तपाईले बिभिन्न ठाउँबाट नतिजा हेर्न सक्नु हुनेछ । मेरो शेयरको वेवसाईट र एपबाट नतिजा हेर्न सकिनेछ ।

त्यसैगरी iporesult.cdsc.com.np, बिक्रि प्रबन्धकको साइट ( prabhucapital.com/share-allotment ), जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साइट ( jalpamf.com ) बाट समेत नतिजा हेर्न सकिनेछ ।

सकभर सबैभन्दा छिटाे नतिजा बिक्रि प्रबन्धकको साइट ( prabhucapital.com/share-allotment ) र iporesult.cdsc.com.np मा प्रकाशित हुन सक्नेछ ।

यो पनि 

जाल्पा लघुवित्तकाे नतिजा सबै भन्दा पहिले याे वेबसाईटबाट हेर्न मिल्न थाल्याे है