काठमाडौं । नेपालमा हालसम्म स्वास्थ्य बीमा २८.८६ प्रतिशत घरपरिवार गराएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार नेपालमा ५४ लाख २७ हजार ३०२ परिवार सङ्ख्या छ । जसमध्ये १५ लाख ६६ हजार ३४६ जना घरपरिवार स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । बोर्डका अनुसार प्रदेश १ मा चार लाख ८८ हजार ८९१ परिवारले स्वास्थ्य बीमा गराएका छन् । मधेस प्रदेशमा एक लाख १९ हजार ७११ परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने बाग्मती प्रदेशमा दुई लाख ८२ हजार ५१६, गण्डकी प्रदेशमा दुई लाख १५ हजार २१३, लुम्बिनी प्रदेशमा दुई लाख ४६ हजार ४४६, कर्णाली प्रदेशमा ७८ हजार ३३४, सुदूरपश्चिम प्रदेशमा एक लाख ३५ हजार २३५ परिवारले स्वास्थ्य बीमा गराएका छन् ।
बीमितमध्ये महिला बढी
स्वास्थ्य बीमा बोर्डका अनुसार पाँच वर्षको अवधिमा ५१ लाख १६ हजार ३९७ जनाले बीमा गराएका छन् । जसमा महिलाको सङ्ख्या २६ लाख ४५ हजार ३०५ छ भने पुरुषको सङ्ख्या २४ लाख ७० हजार ५३५ र ५५७ अन्य छन् ।
यस्तै, प्रदेश अनुसार प्रदेश १ मा कुल जनसङ्ख्याको ३६.८१ अर्थात् १६ लाख ६९ हजार ३३८, मधेस प्रदेशमा दुई लाख ८३ हजार ६८६ अर्थात् ५.२४ प्रतिशत, बाग्मती प्रदेशमा १० लाख १९ हजार २२२ अर्थात् १८.४३ प्रतिशत जनसङ्ख्या बीमित भएका छन् । गण्डकी प्रदेशमा २६.२२ अर्थात् छ लाख ३० हजार २४४, लुम्बिनी प्रदेशमा आठ लाख एक हजार ८८५ अर्थात् १७.८२ छन् भने कर्णाली प्रदेशमा दुई लाख ९६ हजार ५९४ अर्थात् १८.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा चार लाख १५ हजार ५०७ अर्थात् १६.२७ प्रतिशत जनसङ्ख्या बीमित भएका छन् ।
सरकारको लक्ष्य अनुसार स्वास्थ्य बीमा गर्न सकेनन्
सरकारले अनिवार्य स्वास्थ्य बीमाको व्यवस्थाका लागि पहल गर्नुपर्ने सूचना अधिकृत रिजालले बताए । ‘सबै जना बीमित भइसकेपछि पहिलो वर्ष उपचारको क्रममा ६ /६ महिनामा होल बडी जाँच गरेर, वा आवश्यक जाँच गरेर, औषधि ल्याएर एक लाख सक्छन् होला, उनले भने, वर्षेनी बीमित भएपछि यसरी नियमित रूपमा जाँच गराउन जाँदैनन् ।’
हरेक नेपाली बीमित भएपछि ३५०० रुपैयाँ प्रत्येक वर्ष जनताबाट आउने गर्छ र बिस्तारै सेवा लिने दर घट्दै जान्ने उनको भनाइ छ ।
सरकारले ०७८/०७९ सम्ममा कुल जनसङ्ख्याको ५० प्रतिशत जनतालाई स्वास्थ्य बीमा गराउने लक्ष्य राखेको छ । तर, हालसम्म २८.८६ प्रतिशत पारिवारिक कभरेज स्वास्थ्य बीमा गराएको बीमा बोर्डले जनाएको छ । ५० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बीमा गराउने सरकारको लक्षणलाई पुरा गर्न नसकिने बीमा बोर्डका कर्मचारीहरू बताउँछन् ।
यो पनि
अस्पतालले अब बीमितलाई रिफर गर्दैमा भुक्तानी नपाउने
















