काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाले कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा वीएसी फेरष्ट्री विषयमा निःशुल्क अध्ययन गर्न पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गरेको छ ।
बिहीबार सूचना जारी गर्दै मन्त्रालयले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सिद्धान्त क्याम्पसमा २०७८/७९ सालको लागि स्नातक तहको वीएसी फेरष्ट्री निःशुल्क अध्ययन गर्न पाउने विद्यार्थीहरूको नाम प्रकाशित गरेको हो ।
यस्तो छ सूचनामा : नेपाल सरकारलाई कृषि तथा वनबिज्ञान विश्वविद्यालय रामपुरबाट सम्बन्धन प्राप्त सिदान्त क्याम्पस गैडाकोटमा शैक्षिक बर्ष २०७८/०७९ सालको लागि स्नातक तहको BSC forestry विषयमा निशुल्क अध्ययनका लागि ५ जना विद्यार्थी मनोनयन गरी पठाउन लेखी आएकोमा छात्रवृत्तिसम्बन्धी नियमावली २०६० बमोजिम २०७६ साल फागुन २७ गतेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार साधारण तथा समूहगत सिटमा दरखास्त आह्वान गरिएकोमा सूचनामा उल्लेख भएबमोजिमको मिति तथा समयभित्र प्राप भएका उम्मेदवारहरूको देहायअनुसारको योग्यताक्रम सूची मन्त्रालयको निर्णयअनुसार प्रकाशन गरिएको छ ।
प्रकाशित योग्यताक्रम सूचीमा कुनै उम्मेदवारको नाम तथा योग्यताक्रम प्राविधिक कारणले तल माथि पर्न गएको भए मात्र २०७८ साल चैत्र १४ गतेभित्र तथ्यप्रमाणसहित दावी गर्न सकिने छ । दावी गरेको निवेदन पठाउनुपूर्व सम्बन्धित उम्मेदवारले आफू कुन रोल नम्बर र योग्यताक्रममा रहेको हो भन्ने कुरा सम्बन्धित विश्वविद्यालयको अन्तिम योग्यताक्रम सूची हेरेर स्पष्ट भएपछि मात्र आवश्यक भए आफ्नो फोन सम्पर्क नम्बरसहित पेश गर्न अनुरोध गरिन्छ । यसै प्रकाशित योग्यतासूचीका आधारमा (कुनै प्राविधिक त्रुटी भए संशोधन गरी) पूर्वमनोनयन हुने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको योग्यताक्रम तथा मन्त्रालयमा दिएको आवेदनको आधारमा तयार भएको मन्त्रालयको योग्यताक्रम सूची