कानुन मन्त्रीमा गोविन्दप्रसाद शर्मा (कोइराला) र उद्योग मन्त्रीमा दिलेन्द्रप्रसाद बडू नियुक्त

Image

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा (कोइराला) लाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७८ को उपधारा ९१० बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा शर्मा (कोइराला) लाई नियुक्त गर्नुभएको हो ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।