काठमाडौं ।
सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र सेवा सहित अन्य विभिन्न क्षेत्रबाट राजदूत सिफारिस गरेको हो। सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्।
को को छन्?
विष्णुपुकार श्रेष्ठ (चीन), दानबहादुर तामाङ (दक्षिण अफ्रिका), शर्मिला पराजुली ढकाल (स्पेन), बासुदेव मिश्र (श्रीलंका), मिलन तुलाधर (रुस), कैलाश पोखरेल (अस्ट्रेलिया), डिल्लीराज पौडेल (मलेसिया), शान्ता रिजाल (इजरायल), ज्योति प्याकुरेल (दक्षिण कोरिया), प्रा.डा रामसुरज राय यादब (डेनमार्क), नवराज सुवेदी (साउदी अरब), नरेशविक्रम ढकाल (देश नखुलेको)
परराष्ट्र सेवातर्फ (देश नखुलेको) : घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी।