धनगढीसहित यी सैनिक अस्पतालहरूका लागि करारमा कर्मचारी माग

Image

धनगढी ।

सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो।

वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।