Khabar Board
Flash logo up side
flash header

डडेलधुरामा पनि मनाईयो ८औ रास्ट्रिय योग दिवश

Nirbachan m

डडेलधुरा – स्वस्थ्य जिवनको चाहाना,योग शिक्षा र साधना’ भन्ने नाराकासाथ आठौँ राष्ट्रिय योग दिवस डडेलधुरा पनि मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सो दिवस मनाएको हो ।

Center article

पतन्जली योग समिती सु.प प्रदेश सह-प्रभारी गोबिन्द खडायतको अध्यक्षतामा योगअभ्यास सहित संचालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अधिकृत खेम राज पनेरुले बताए । किर्तिपुर योग हलमा मनाईएको सो कार्यक्रममा जिल्ला स्थित प्रमुख अथितिमा जिल्ला अधिकारी मोहन राज जोशि, विशिस्ट अथितीमा प्रशासकिय अधिकृत हेम राज ढकाल, आयुर्वेद कर्मी योग, प्रशिक्षक दिनेश पनेरु , चिकित्सा प्रभारी श्याम राज बोहरा, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी लगायत सर्बसाधारणको उपस्थिती रहेको थियो ।

मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ । कोभिड महामारीपछि योगको महत्व झन् बढ्दै गएको छ ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले ०७२ साउन २८ गतेबाट माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर संक्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.