दु:ख

Image

दुख जीवनमा किन घरी घरी आउँछौ?
अँध्यारो उज्यालो नसोंची किन सताउँछौ?
तिम्रो आफ्नो परिचय बिस्तार गराउँछौ
म बुझ्छु तिमी दुई दिनको पाहुना हाै
तर पनि किन यति धेरै परिचित गराउन चाहन्छौ?
म सुनेकाे छु तिमी सबैलाई आमन्त्रण गरेर मात्रै आउँछौ
तर जीवनमा तिमी समय र भाग्य के हेरेर आउँछौ?
भाग्यसँग सम्बन्ध राखेर आएपनि समयलाई किन आरोप लगाउने गर्छौ?
यसरी किन एक अर्को बिच झर्को मानेका छौ?

सुन न जीवनमा आए पनि छिटै गै देउ न
घाम अस्ताए झैं बिलाएर बिदाइ भै देउ न
कृपया जीवनमा धेरै दिनसम्म रहेर निराश नबनाई देउ न
जीवन जस्तो बहुमूल्य चिजलाई घातक नबनाई देउ न!

माने म तिम्रो फरक फरक पहिचान छ
सबैको अनुसार एउटै मात्रै इतिहास छैन
तिमी महान चरित्र बोकेको बेदना हाै
यसरी मेरो अनुसार तिम्रो परिचय छ!

थाहा छ तिमीलाई तिमी आएपछि मानवलाई कति धेरै गाह्रो हुन्छ?
कति धेरैले साथ छोड्छन?
कति धेरैले आफूलाई असुरक्षित महशुस गर्छन?
कति धेरै विकल्प खोजेर तिमीलाई फकाउने प्रयास गरेका हुन्छन्?

माने म तिमी मानवको आफ्नै कार्यबाट उत्पन्न हुन्छौ
तर यति धेरै झेली गर्नु त भएन नि
एक अर्कोको घर नै बिगार्ने कुरा त भएन नि
सम्बन्ध नचिनी तोडनु त भएन नि
यसरी एक अर्काको लागि घातक बनेर त भएन नि!

माने म जीवनमा तिमी बाहेक खुसीको अस्तित्व हुँदैन
तर अरुको परिचय दिँदादिँदै आफ्नो अस्तित्व बिर्सनु पनि त हुँदैन
अरुको लागि अर्को कोहीको अवस्था पनि नबुझ्नु कुरा उचित त हुँदैन
दुई जनाको लागि तेस्रो मानवलाई त हानिकारक बनाउनु त हुँदैन !

-आरती यादव
काठमाडौं