पालिका वर्गीकरण मापदण्ड, वडा संख्या र सीमाना हेरफेरबारे मस्यौदा माथि छलफल

Image

हेटौंडा / मकवानपुरमा स्थानीय तहको वडा संख्या, सीमाना हेरफेर तथा पालिका वर्गीकरण मापदण्डसम्बन्धी मस्यौदामाथि राय–सुझाव संकलन गर्न जिल्ला समन्वय समिति मकवानपुर (जिसस) द्वारा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरोकारवाला निकाय तथा विज्ञहरूले प्रस्तावित मस्यौदामा रहेका प्रावधानहरूबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले जनसंख्या, भौगोलिक अवस्था र सेवा प्रवाहलाई आधार बनाएर वडा पुनर्संरचना तथा वर्गीकरण गर्नुपर्नेमा जोड दिएका थिए।

मकवानपुर जिससले प्राप्त सुझावहरूलाई समेट्दै मस्यौदालाई थप परिमार्जन गरी सम्बन्धित निकायमा पठाइने जनाएको छ।