Khabar Board

रावलले अभिनय गरेको मलामि गित बजारमा (भिडियोसहित )

कञ्चनपुर । कञ्चनपुरको बेलौरीका मोडेल सुरज रावल मोडलिङ क्षेत्रमा एउटा परिचित नाम हो । दर्जनौँ लोक दोहोरी तथा आधुनिक गीतमा अभिनय गरिसकेका रावल पेसाले राष्ट्रसेवक कर्मचारी हुन् । उनै मोडेल रावलको अभिनयमा रहेको लोक दोहोरी गीत “मलामी” आजबाट एक्सन मिडिया युट्युब च्यानल मार्फत बजारमा आएको छ।

उक्त गीतमा चर्चित गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरले आवाज दिनु भएको छ भने मोडेल सुरजलाई मोडेल सरू पाण्डेले साथ दिएकी छन् । लय / शब्द सरोज पौडेलको रहेको छ भने छायाङ्कन दीपक गिरीले गर्नु भएको हो ।

म्युजिक भिडियो एक्सन मिडियाले निर्माण गरेको छ । म्युजिक भिडियोको निर्देशन शेर बहादुर डिसी र शिवन पोखरेलले गरेका छन् । प्रेम कथामा आधारित रहेको यस गीतको म्युजिक भिडियो दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

एकातिर नेपाल प्रहरीको जागिर, अर्को तिर मोडलिङ कसरी सम्भव छ त भन्ने प्रश्नमा मोडेल रावल भन्छन्, “मोडलिङ मेरो रहर मात्रै हो । समय मिलेसी आफ्नो रहर पूरा गर्न मोडलिङमा लागेको मात्र हुँ ।” उनै मोडेल रावलको अभिनयमा आजबाट बजारमा आएको लोक दोहोरी गीत “मलामी” लाई हाम्रो पनि शुभकामना ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.