काठमाडौं । आज अर्थात मंगलवार दुई कम्पनीको वार्षिक साधारण सभा हुँदै छ । उक्त दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा गर्दैछन् ।
आज हुने इन्फिनीटी लघुवित्तको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीले पुस १५ गते (एक दिन) बन्द गरेको हो । जसको आधारमा पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
यस्तै, मंगलबार युनियन हाइड्रोपावरले पनि सभा आयोजना गरेको छ । उक्त दिन कम्पनीले १५औं वार्षिक साधारण सभा गर्न लागेको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।