Khabar Board
Flash logo up side
Nirbachan aayog

ओमिक्रोन भेरियन्ट समुदायमा: यस्ता छन् जान्नै पर्ने १४ कुरा

Nirbachan m

नेपालमा कोरोना ओमिक्रोन भेरियन्ट समुदायमा पुगिसकेको छ। यो निकै छिटो फैलिन सक्छ।

  • खोप लगाएकालाई पनि सर्न सक्छ।
  • अझै पनि खोप नलगाएका थुप्रै व्यक्ति समाजमा छन्, कतिपय जोखिम समूहका व्यक्तिलाई खोप लगाएको धेरै समय भएको छ भने गम्भीर लक्षण देखा पर्न सक्छ।
  • सामान्यतया पहिलेका भन्दा मत्थर भए पनि केही व्यक्तिमा गम्भीर समस्या आई पर्न सक्छ।
  • संख्यात्मक वृद्धि हुँदै गर्दा गम्भीर लक्षणका बिरामीको संख्या पनि बढ्दै जान्छ जसले गर्दा स्वास्थ्य संस्थानमा चाप बढ्ने हुन्छ।
  • पहिलेको जस्तो उपचारको अभावमा ज्यान गुमाउने स्थिति नरहोस् भन्ने सुनिश्चित गर्न अक्सिजन, लगायतका आधारभूत आवश्यकताको जोहो गर्न स्वास्थ्य सेवा प्रदायक लाई आवस्यक छ।
  • संक्रमितको सम्पर्कमा आएको थाहा हुन साथ आफूलाई आइसोलेट गरौं।
  • कन्ट्याक्ट ट्रेसिङ र टेस्टको दायरा बढाएर गरेर सकेसम्म धेरै संक्रमितलाई पहिचान गरौं।
  • हवाई वा स्थल नाका बाट छिर्ने सबैलाई अनिवार्य पिसिआर गर्ने व्यवस्थापन गरौं।
  • खोप अभियान तिब्र पारौं। स्मरण रहोस् खोप लगाएको २-४ हप्ता पछि मात्र खोपले पूर्ण सुरक्षा दिन थाल्छ।
  • जोखिम समूहमा रहेका सबैले अविलम्ब बुस्टर खोप लगानुपर्छ।
  • मास्कको प्रयोग अनिवार्य गरौं।
  • फेरि लक डाउन र बन्द गर्नु पर्ने स्थिति आउन दिनु हुँदैन।
  •  यसपालि त जागरुक बनौं।

 

Panacea Education
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.